कोरोना अपडेट: नेपालमा एकै दिन ११ जनाको मृत्यु, थप ८३८ जना सङ्क्रमित

छहारी संवाददाता
भदौ ५, २०७७

नेपालले २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट सर्वाधिक ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाएको छ

यो हालसम्म एक दिनमा पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्यामा मृत्यु हो र यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ।

मृत्यु हुनेमा एक महिला र १० पुरुष रहेको एवम् ती मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाण्डू, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानका रहेको मन्त्रालयले जनाएको छ।

साथै ८३८ नयाँ सङ्क्रमित फेला परेको र कुल सङ्क्रमितहरूको सङ्ख्या ३०,४८३ पुगेको छ।

अहिले देशभरि १२,१३२ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी शुक्रवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।

सङ्क्रमितहरूमध्ये ३,५८६ जना घरमै र बाँकी ८,५४६ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्, बिबिसीमा खबर छ ।

सक्रिय सङ्क्रमितमध्ये १३३ जना सघन उपचार कक्षमा र काठमाण्डूमा १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*