राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा निधन
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ ।
उहाँको आज साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । राष्ट्रकवि घिमिरेको जन्म विं सं। १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो, अनलाइन खबरमा समाचार छ ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । घिमिले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख(प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरूमा सिर्जना दिँदै आउनु भएको थियो ।







