कोरोना अपडेटः नेपालमा एकै दिन अहिलेसम्मकै बढी १ हजार १६ जनामा सङ्क्रमण पुष्टि, ७जनाको मृत्यु

छहारी संवाददाता
भदौ २, २०७७

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको र १,०१६ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो एकै दिन अहिलेसम्म दैनिक पुष्टि भएको सङ्क्रमितको उच्चतम सङ्ख्या हो।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २८,२५७ पुगेको छ, बीबीसीमा खबर छ ।

अहिले देशभरि १०,५६३ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी मङ्गलवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिए। अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

शुक्रवार ५९४, शनिवार ४६८, आइतवार ६४१ र सोमवार ५८१ जनामा सङ्क्रमण पुष्टि भएको थियो। अहिले कोभिड-१९ का कारण मृत्यु पुष्टि भएका व्यक्तिमध्ये छ जना पुरुष र एक जना महिला हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*