बारामा आजबाट फेरि अनिश्चितकालिन निषेधाज्ञा जारी

छहारी संवाददाता
भदौ १, २०७७

जिल्ला प्रशासन कार्यालय बारामा आजबाट फेरि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला कोभिड समन्वय समितिको हिजो बसेको बैठकको निर्णयअनुसार अर्को सुचना जारी नभएसम्मका लागि जिल्लाका सबै स्थानीय तहमा बिहान ५ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको हो । जिल्लामा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको दर बढ्न थालेपछि जोखिमलाई ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको प्रजिअ पण्डितले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*