आर्थिक अनियमितताको आरोपमा सेनाका जर्नेलसहित तीन जना बर्खास्त
आर्थिक अनियमितता तथा आचरण सम्बन्धी कसुर गरेको ठहर गर्दै नेपाली सेनाको समरी जनरल सैनिक अदालतले सहायक रथी प्रयोग जबरासहित तीन जना अधिकारीलाई बर्खास्त गरेको छ।
बर्खास्त गरिएका अन्यमा मेजर नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मा रहेका छन्, देश सञ्चारमा खबर छ। काभ्रेको पाँचखालस्थित विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहेको बेला उनिहरुले आर्थिक अनियमिता गरेको आरोप लागेको थियो।







