कोरोना अपडेटः आज तीन जनाको मृत्यु, ४६८ सङ्क्रमित थपिए

छहारी संवाददाता
साउन ३१, २०७७

गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको र ४६८ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।

यो वृद्धिसँगै कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६,०१९ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार अहिले ८,१९३जनामा सक्रिय सङ्क्रमण छ भने १७,२०१ जना भाइरसमुक्त भएका छन्।

गएको नौ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ, बीबीसीमा खबर छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२४ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय १ पुगेको छ।

पछिल्लो २४ घण्टाममा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ९३ रहेको छ। हाल देभभर १४ हजार ४ सय ४८ जना क्वारेन्टिनमा रहेका छन्। सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश २ मा ३,८२७ जना र बागमती प्रदेशमा २,००२ जना रहेका छन्।

त्यस्तै प्रदेश १ मा ८९४ जना, गण्डकी प्रदेशमा २६२ जना, प्रदेश ५ मा ७३६ जना, कर्णाली प्रदेशमा २२५ जना र सुदूरपश्चिम प्रदेशमा ८१० जना सक्रिय सङ्क्रमित रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*