कोरोना अपडेटः नेपालमा थप चार जनाको मृत्यु, ६३८ जनामा सङ्क्रमण पुष्टि

छहारी संवाददाता
साउन २७, २०७७

नेपालमा कोरोनाभाइरसका कारण थप चार जनाको मृत्यु भएको र ६३८ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ।

यो वृद्धिसँगै कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २३,९४८ छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,२०१ जनामा सक्रिय सङ्क्रमण छ, बीबीसीले लेखेको छ।

अहिलेसम्म भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १६,६६४ पुगेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। विगत २४ घण्टामा १७१ निको भएका थिए। विगत छ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ।
मन्त्रालयले सोमवार ३३८ जनामा सङ्क्रमण भएको र चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

यसअघि असार ४ गते ६७१ जना र साउन १९ गते ७४० जनामा सङ्क्रमित फेला परेका थिए। मङ्गलवार पुष्टि भएको सङ्ख्या दैनिक वृद्धि भएको सङ्क्रमितको तेस्रो उच्च सङ्ख्या हो। अहिले पुष्टि भएका मृतकमध्ये दुई जना धनुषाका र एक(एक जना काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*