कोरोना अपडेटः नेपालमा थप ४ जनाको मृत्यु, ३३८ जनामा संक्रमण

छहारी संवाददाता
साउन २६, २०७७

गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको र ३३८ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ।

यो वृद्धिसँगै कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २३,३१० पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,७३८ जनामा सक्रिय सङ्क्रमण छ भने १६,४९३ जना भाइरसमुक्त भएका छन्, बीबीसीले लेखेको छ।

गएको पाँच दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ छ। सबैभन्दा सक्रिय सङ्क्रमित प्रदेश नं २ मा ३,१४४ जना र वागमती प्रदेशमा १,२१० जना रहेका छन्।

कुन जिल्लामा कति सङ्क्रमितरु
सोमवार पुष्टि भएकामध्ये सबैभन्दा धेरै सङ्क्रमित बाँकेका ६३ जना रहेका छन्।

त्यसपछि काठमाण्डूका ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ। काठमाण्डू उपत्यकाका ललितपुर र भक्तपुरमा चार(चार जना सङ्क्रमित थपिएका छन्।

त्यस्तै रौतहटका ३१, पर्साका २२, मकवानपुरका २३ र सर्लाहीका २१ जनामा सङ्क्रमण देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*