जंगलमा ढलेको रुख निकाल्दा पनि बिदेशी काठ आयात गर्नुपर्दैनः अध्यक्ष पाठक

अञ्जली थापा
साउन २५, २०७७

सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले नेपालको वनभित्र रहेका निकाल्न पर्ने अबस्थाका काठहरु निकाल्दा बिदेशी काठको प्रयोग गर्न नपर्ने बताउनुभएको छ । आज सामुदायिक वन दिबसको अबसरमा जुम मार्फत महिला पत्रकारसंगको छलफलको क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष पाठकले वनभित्रको ढलेको, सुकेको, रोगी र उमेर पुगेको काठहरु निकाल्ने हो भने अन्य मुलुकबाट काठ आयात गर्नुपर्ने अबस्था नआउने बताउनुभयो । उहाँले बिचौलियाको चलखेलको कारण नेपाली काठ उपभोक्तासम्म पुग्दा महंगो भएको जनाउनुभयो ।

सामुदायिक वनहरुबाट रु. १ हजार क्युफिटमा बिक्री हुने काठ उपभोक्ताले रु.७ हजार ५ सयमा खरिद बिक्री भैरहेको कारण नेपाली काठ भन्दा बिदेशी काठ सस्तो भनिएको अध्यक्ष पाठकको भनाई छ ।

सरकारले बैज्ञानिक वन ब्यबस्थापन कार्यक्रम सच्याएर दिगो विकासको योजना लागु गर्नुपर्ने बताउदै उहाँले भन्नुभयो“ रुख संरक्षण गरेर बसिरहेका जनतालाई आफुले संरक्षण गरेर बसेको रुख कहाँ र किन काटियो भन्ने जानकारी हुन जरुरी छ ।”

अध्यक्ष पाठकको अनुसार कोभिडको महामारीले सबै आफ्नो घर फर्केको र रोजगारीको आबश्यक्ता भएको हालको अबस्थामा वनबाट उद्यमशिलता विकास गरेर अर्थतन्त्र मजबुद बनाउन सकिने र राजगारी सृजन गर्न सकिने अबस्था रहेको छ ।
साथै अध्यक्ष पाठकले छलफलमा उपस्थित पत्रकारहरुलाई सामुदायिक वनभित्र जुनसुकै बिटमा पनि रिपोर्ट बनाउन सकिने अबस्थाबारे बताउनुभयो ।

बिभिन्न सञ्चार माध्यमका महिला संचाकर्मीसंग गरिएको छलफल कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका महासचिब र सचिबको समेत सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*