कोरोना अपडेटः नेपालमा थप दुई जनाको मृत्यु, ३८० जनामा सङ्क्रमण

छहारी संवाददाता
साउन २५, २०७७

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ भने ३८० जना सङ्क्रमीत भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै कोभिड -१९ बाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २२,९७२ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार अहिले ६,५४४ जनामा सक्रिय सङ्क्रमण छ भने १६,३५३ जना भाइरसमुक्त भएका छन्, बीबीसीले लेखेको छ ।

शनिवार तीन जनाको मृत्यु भएको थियो भने बिहीवार र शुक्रवार पाँच/पाँच जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो। आइतवार पुष्टि भएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाण्डूका ९० जना र पर्साका ७३ जना रहेका छन्। त्यस्तै धनुषाका ३७ जना र मोरङका २८ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*