कोरोना अपडेटः स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा संक्रमण पुष्टि

छहारी संवाददाता
साउन २५, २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोारोना संक्रमण पुष्टि भएको छ ।

गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।

तीमध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयको एक अधिकारीले बताएका छन्, अनलाईन खबरले लेखेको छ।

स्रोतको अनुसार संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*