धनुषामा कोरोना जस्तै लक्षण देखिएका २ जनाको मृत्यु

छहारी संवाददाता
साउन २५, २०७७

धनुषामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २ मा रहेको विनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुष र शहीद नगरपालिका ८ का ५० वर्षीय पुरुषको ज्यान गएको हो ।

उहाँहरुलाई ज्वरो, रुघाखोकीका साथै श्वासप्रश्वासमा समस्या भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

मृत्यु भएका दुवै जनाको कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा स्वाब सङ्कलन गरिएको भट्टराईले बताउनुभयो, उज्यालो अनलाइनमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*