कोरोना अपडेट: नेपालमा थप ३ जनाको मृत्यु, आज ३७८ सङ्क्रमित फेला
नेपालका विभिन्न जिल्लामा थप ३७८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँग कोभिड-१९ पुष्टि भएका व्यक्तिहरूको कुल सङ्ख्या २२, ५९२ पुगेको छ।
अहिलेसम्म कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ७३ पुगेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ, बिबिसीमा समाचार छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार तीमध्ये ६,२०६ जनामा सक्रिय सङ्क्रमण छ भने १६,३१३ जना भाइरसमुक्त भएका छन्। बिहीवार र शुक्रवार मन्त्रालयले पाँच-पाँच जनाको मृत्यु भएको पुष्टि गरेको थियो।
को हुन् मृतक?
अहिले मृत्यु पुष्टि भएका व्यक्तिहरू पर्सा, मोरङ र काठमाण्डूका हुन्।
उनीहरूमध्ये एक महिला र दुई पुरुष छन्। उनीहरूको साउन २३ गते अस्पतालमा निधन भएको हो।







