कोरोना अपडेटः नेपालमा थप पाँच जनाको मृत्यु, कुल सङ्क्रमितको सङ्ख्या २२,२१४

छहारी संवाददाता
साउन २३, २०७७

नेपालमा कोरोनाभाइरसका कारण थप पाँच जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण दिएको छ।

यससँगै अहिलेसम्म कोभिडसँग सम्बन्धित कारणले मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ७० पुगेको छ, बीबीसीमा खबर छ।बिहीवार पनि मन्त्रालयले पाँच जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशका विभिन्न स्थानमा ४६४ सङ्क्रमित फेला परेका छन्।

यो वृद्धिसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख्या २२,२१४ पुगेको छ। तीमध्ये ६,३३० जनामा सक्रिय सङ्क्रमण छ भने अहिलेसम्म १५,८१४ जना भाइरसमुक्त भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*