अब फेरि सर्वोच्च अदालतको अत्याआवश्यक बाहेकका काम नहुने
उपत्यकासहित देशैभर कोरोना भाइरसको संक्रमण बढेपछि सर्वोच्च अदालतले आफ्नो सेवामा फेरि संकुचन ल्याएको छ।
साउन ६ गते लक डाउन अन्त्य भएसँगै नियमति अवस्थामा फर्किएको अदालतको सेवा फरि अत्याआवश्यक बाहेकका अरु काम नहुने गरी व्यवस्था मिलाइएको सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।
ढकालका अनुसार शुक्रबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता, रिट निवेदन दर्ता तथा सुनुवाइ, अन्तरिम आदेशमाथि छलफल, पुनरावेदन दर्ता, थुनुवा रहेकाको मुद्दा निवेदन, र पुनरावलोकन निवेदनमाथि मात्र सुनुवाइ हुनेछ।
सर्वोच्चले बाहिर संक्रमण बढेको र आफ्ना एक जना कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको अवस्थामा नियमित सेवा प्रवाह गरिरहनु उचित नहुने जनाएको छ,देश सञ्चारमा खबर छ ।
सर्वोच्चले भदौ १ गतेदेखि ३० दिनभित्र लक डाउन अवधिमा रोकिएका सेवा प्रवाह हुने भनि यसअघि साउन ८ गते जारी गरेको सूचना भने यथावत रहेको ढकालले जानकारी दिए।
लक डाउन खुलेसँगै जिल्ला अदालतहरुले साउन ८ गतेदेखि रोकिएका हदम्याद, म्याद, तारिख, पेशी थाम्न समय दिएको थियो।
तर सर्वोच्चको हकमा भने लामो दूरीका सवारी साधन चलेपछि र देशैभर पूर्ण रुपमा लक डाउन वा निषेधाज्ञा खुलेपछि भदौ १ गतेदेखि लागू हुने जनाएको थियो।







