कोरोना अपडेटः नेपालमा एकै दिन पाँच जनाको मृत्यु पुष्टि, थप ३६० जनामा सङ्क्रमण

छहारी संवाददाता
साउन २२, २०७७

बिहीवार नेपालमा कोरोनाभाइरसका कारण पाँच जनाको मृत्यू भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार अपराह्ण दिएको छ।

एकै दिन पुष्टि भएको यो सर्वाधिक सङ्ख्यामा मृत्यु हो। यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६५ पुगेको छ।

नेपालका विभिन्न स्थानमा थप ३६० जनामा कोभिड-१९ पुष्टि भएको छ।

यो वृद्धिसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१,७५० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डूमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*