मास्क नलगाउने ३१ जना सवारी चालक तथा यात्रुलाई कारवाहीमा

छहारी संवाददाता
१६ श्रावण २०७७, शुक्रबार २१:३७

हेटाैंडा १० बसपार्कमा मास्क नलगाउने ३१ जना सवारी चालक तथा यात्रुलाई प्रहरीले आज कारवाही गरेको छ ।

सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा १० को आयोजनामा मास्क वितरण कार्यक्रममा प्रहरिले सर्वसाधरणलाई अनिवार्य मास्क प्रयोग गर्न लगाईएको थियाे ।

कार्यक्रमकै समयमा मास्क नलगाउने ३१ जनासवारी चालक तथा यात्रुहरुलाई प्रहरीले प्रतिव्यक्ति १ सय रुपैँया जरिवाना गरेको थियो ।

सामुदायिक प्रहरी सेवा उप केन्द्रका अध्यक्ष प्रदिप कडेँलले पुर्व मेची देखी पश्चिम महाकाली सम्म कारोना विरुद्ध जनचेतना जगाउन पुर्वपश्चिम राजमार्गमा पर्ने बसपार्कमा कार्यक्रम गरीएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*