बालकुमारी थापाको १३ औ पुण्यतिथिमा श्रद्धान्जली सभा सम्पन्न

मकवानपुरे कम्युनिष्ट आन्दोलनकि अग्रज, नेपाली महिला आन्दोलनकी योद्धा तथा अनेमसंघ मकवानपुरको संस्थापक अध्यक्ष नेतृ बालकुमारी थापाको १३ औ दिनको पुण्यतिथिमा श्रद्धान्जली सभा शनिबार सम्पन्न भएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको आयोजनामा भएको सभामा नेकपा स्थाई कमिटि सदस्य मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा थापाले कम्युनिष्ट आन्दोलनमा होमीएका तत्कालीन नेताहरु अहीलेका राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालिन महासचिव मदनकुमार भण्डारी, नेता जिवराज आश्रीत, मालेका महासचिव सीपी मैनाली, नेकपाका नेता प्रदिप नेपाल लगायतका नेतालाई आश्रय दिनुभएको थियो भन्दै उपस्थित सम्पूर्णले स्मरण गर्नुभयाे ।
मकवानपुरको कम्युनिष्ट आन्दोलनमा उनलाई एक अथक योद्धाको रुपमा सबैले स्मरण गरे । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल , आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङगेल लगाएत नेकपाका नेताहरुले स्वर्गिय बालकुमारी थापा प्रति श्रद्धान्जली व्यक्त गर्नुभएको थियो ।
अनेमसंघको पहिलो राष्ट्रिय भेला २०३७ सालमा थापाकै अध्यक्षतामा उहाँकै घरमा सम्पन्न भएको थियो।