गाई भैसीको लागि लिभरटोनिक र नाम्ले जुगाको औषधि निशुल्क वितरण

छहारी संवाददाता
१० श्रावण २०७७, शनिबार ११:४३

कृषक जागृती बहुउद्देसिय सहकारी संस्था लिमिटेडले कृषकहरुले पालेका गाई भैसीको लागि लिभरटोनिक र नाम्ले जुगाको औषधि निशुल्क वितरण गरेको छ ।

हेटौंडा उपमहानगरपालिका –१३ मा रहेको सहकारिले संस्थामा नियमित दुग्ध विक्री गर्ने ६० जना कृषकलाई औषधि वितरण गरिएको संस्थाका अध्यक्ष केशबप्रसाद मुडबरी बताउनुभयाे । पशु सेवा उपक्रेन्द्र पदमपोखरीको सहयोगमा औषधि वितरण गरिएको थियाे ।

हेटौंडा उपमहानगरपालिका–१३ का वडा अध्यक्ष मनोजकुमार वाईबाको प्रमुख आतिथ्य तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्यालको विशेष आतिथ्यमा औषधि वितरण गरिएको हो ।

कार्यक्रममा पशुसेवा उपकेन्द्र उपप्रमुख हेम दुलाल, संस्थाका टेकराज सापकोटा, स्थानिय कृषक लगायतकाकाे उपस्थिति रहेकाे थियाे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*