जनविश्वास जित्दै न्यायिक समिति – उपप्रमुख मिना लामा

स्थानीय सरकार निर्माण भएपछी मेलमिलाप गराउँदा न्यायिक समितिमा जन विश्वास बढ्दै गएको छ भन्नुहुन्छ हेटाैडा उपमहानगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयाेजक मिना लामा ।
स्थानीय सरकार निर्माण भएपछी जनप्रतिनिधिहरु मार्फत नै मेलमिलाप गराउने हुँदा न्यायिक समितिमा जन विश्वास बढ्दै गएको हाे ।
कानूनी प्राबधान अनुसार स्थानीय सरकार संञ्चालन ऐन २०७४ बमोजिम २४ वटा विवादका मुद्दाहरु न्यायीक समितिले मेलमीलाप गराउन सक्छन् ।
हेटाैँडा उपमहानगरपालिकाको न्यायिक समितिले गत अाबमा (२०७६ श्रावणदेखि फाल्गुन मसान्तसम्म) ८२ वटा मुद्दाहरु मेलमिलाप मार्फत टुङगाएको छ ।
अघिल्लो बर्षको बाँकी २९ वटा गरी गतबर्ष १ सय ६८ मुद्धाहरु न्यायीक समीतीमा दर्ता रहेका थिए । जसमध्ये ८२ वटा मुद्दा मेलमिलाप मार्फत टुङ्गीएको उपमहानगरले जनाएको छ ।
बाँकी २२ वटा मुद्दाहरु भने मेलमिलाप हुन नसकेपछी कानुनी प्रकृयामा रहेका उपप्रमुख लामाले बताउनुभयाे ।
उहाँकाे अनुसार ती मध्ये ६४ वटा मुद्दा फैसलाको प्रकृयामा रहेका छन् । उहाँ भन्नू हुन्छ -“विवाद निरुपणमा सफलता मिलेपछि न्यायीक समीतीप्रति सर्वसाधारणको विश्वास बढेको छ ।” तर उपमहानगरले निरुपण गरेका विवाद चित्त नबुझे अदालतमा पुनराबेदन गर्न सकीने लामाले बताउनुभयाे ।