उपत्यका प्रवेश गर्न भाद्र १ गतेसम्म पास चाहिने
सरकारले लकडाउन अन्त्य गरेपनि भदाै १ गतेसम्म
काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको छ।
सरकारले लामो दुरीका सवारी साधनलाई भदौ १ गतेदेखि सन्चालन गर्ने र हाललाई लामो दुरीका सवारी साधनका लागि पास कायम राखेकाे छ । साथै जोर-बिजोर प्रणाली पनि खारेज गरिएको छ ।
यसअघि असार २६ गते उपत्यकाको हकमा तीन जिल्ला र बाहिरको हकमा एक जिल्लाभित्र सवारी साधन सन्चालनलाई खुला गरिएको थियो ।
अान्दाेलनमा सहभागी भएका यातायात व्यवसायीहरुले भने आफ्ना मागहरु पुरा भए लगत्तै बिहीबारदेखि सवारी साधन सन्चालन गर्ने भएका छन् ।







