अबिरल बर्षाकाे कारण हेटाैंडा ४ र ५ काे जनजिबनमा त्रासमय
आईतवार रातिदेखि परेकाे अविरल बर्षासंगै हेटाैंडा उपमहानगपालिका वडा नं ४ र ५ नम्वरका वासिन्दाहरुमा थप त्रास फैलिएकाे छ ।
आईतबार देखि वर्षा भएपनि साेमबार साझ कम भएकाे पानी पुनः मंगलबार रातभर अविरल बर्षा भएका कारण कर्रा खाेला र हेटाैंडा उपमहानगर भरिकाे ढल र परेकाे पानी वगेर अाउने गर्दाेई खाेला बढेसंगै उक्त स्थानका बासिन्दाहरुमा डुबानमा पर्न सक्ने त्रास फैलिएकाे हाे ।

ढलकाे उचित व्यवस्थापन र माछा प्लानकाे पानी निकास हुने बैकल्पिक माध्यम नहुनुले कर्रा खाेलामा मिसिने दुवै तर्फकाे पानिलाई कर्रा खाेलाकाे वहावले छेकिदिँदा पानी भरिदै उक्त क्षेत्रहरु बर्षायाममा प्राय: डुबानमा पर्ने गरेका छन् । 
यस बर्ष भने कर्रा खाेलाकाे धार समेत परिवर्तन भई भित्ता खाेतल्दै करिव तीन मिटर जमिनकाे भाग वगाएकाे छ । हेटाैडा ४ कर्रा करिडाेर टाेलमा अवस्थित शेख मुवारककाे घर नजिक उक्त जमिन बगाउदा धक्का पुग्न सक्ने देखिएकाे छ ।
यसअघि २०७२ तथा २०७५ सालमा समेत भदाैमा परेका पानिले उक्त क्षेत्र पुर्णतया डुवानमा परेकाे थियाे ।







