फाखेलमा पहिराे जाँदा माेक्तानकाे घर पुरियाे

छहारी संवाददाता
साउन ५, २०७७

गयराति देखि अविरल परेको वर्षाका कारण गएकाे पहिराेले  मकवानपुरको इन्द्रसराेबर गाउँपालिका ४  फाखेलमा दिपक कुमार माेक्तानकाे घर पुरेको छ।

गाउँपालिका -४ मा रहेको  राकस खोला माथीबाट आएको पहिरोले स्थानिय ३४ बर्षीय मोक्तानको घर पुरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन् ।

पहिरोले कुनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*