८० हजार रुपैंया घुस सहित सव ईन्जिनियर जैसवाललाई पक्राउ

छहारी संवाददाता
साउन ५, २०७७

अख्तियार दुरुपयाेग अनुसन्धान अायाेग हेटाैंडाले ८० हजार रुपैंया घुस सहित सव ईन्जिनियर गजेन्द्र प्रसाद जैसवाललाई पक्राउ गरेकाे छ ।

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कलैयाका सव–इन्जिनियर जैसवाल नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले चन्दन जैसवाललाई सहित दुबैजनालाई सो रकमसहित कलैया नगरपालिका ४ बाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयाे ।

गजेन्द्रले अख्तियार टाेलि देखेपछि ८० हजार रकम संगै वसेका चन्दन जैसवाललाई दिई भाग्न खाेजेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*