सलहकाे जाेखिम टरेकाे छैन नेपालमा

सलह किराको जोखिम नेपालमा अझै पनि दुई महीनासम्म रहन सक्ने सम्भावना देखिएको विज्ञहरुले अांकलन रहेकाे छन् ।
प्लाण्ट क्वारेण्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख एवम् सरकारद्वारा गठीत प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईका अनुसार भारतको राजस्थानमा सलहले अहिले पनि अण्डा र बच्चा पार्ने क्रम जारी रहेकाले आगामी डेढदेखि दुई महीनासम्म सलहका झुण्डहरू नेपालमा आउन सक्ने सम्भावना रहेको छ ।
संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य कार्यक्रमका अनुसार मरुभूमिमा सलहको लागि अण्डा पार्ने अनुकुल हावापानी भएकाले सलहको संख्या अत्यधिक वृद्धि भएको हो।
हुमागाईका अनुसार राजस्थान लगायत अफ्रिका र पाकिस्तानमा समेत अहिले पनि सलहले बच्चा पार्ने क्रम जारी छ।
मरुभूमिमा सलहका लागि आहाराको कमि भएपछि आहाराको खोजिमा सलहका विभिन्न झुण्डहरू नेपाल प्रवेश गरेको हुमागाईले बताउनुभयाे ।
हुमागाईका अनुसार राजस्थानबाट दिल्ली र विहारसम्म आएका सलहका झुण्डहरू अण्डा पार्नका लागि राजस्थान फर्कने क्रममा हावाको चापसंगै नेपाल प्रवेश गरेका हुन्।
अहिलेसम्म गरिएको अध्ययनमा नेपाल प्रवेश गरेका झुण्डहरू वयस्क हुन्।







