गैडाकाेटमा ५ जना प्रहरी सहित १८ जनामा काेराेना संक्रमण

छहारी संवाददाता
साउन १, २०७७

नवलपुरको गैंडाकोट नगरपालिका भाेलिदेखि लागू हुने गरि एकहप्ताका लागि सिल गरिएको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत ५ जना प्रहरी कर्मचारीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले एकसाताका लागि नगर क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका अनुसार पाँच जना प्रहरी कर्मचारीसहित होम क्वारेन्टिनमा बसेका ८ जना, नगरपालिकाको क्वारेन्टिनमा बसेका ४ जना र एक जना स्थानीय व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।


 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*