पछिल्लाे २४ घण्टामा देशमा ८२ जना कोरोना संक्रमित, १४७ जना डिस्चार्ज

छहारी संवाददाता
असार २९, २०७७

पछिल्लाे २४ घण्टामा मुलुकमा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ  भने १४७ जना निकाे भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । नेपालमा हालसम्म १६ हजार ८०१ जना संक्रमित भएका छन् ।

सोही अवधिमा १४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

अहिलेसम्म नेपालमा ८ हजार ५८९ निको भइसकेका छन् । यो कूल संक्रमितको आधारमा ५१.१ प्रतिशत निको भएको प्रवक्ता गौतमले बताउनुभयाे । उहाँका अनुसार गएको २४ घन्टामा ३ हजार ९१६ पीसीआर परीक्षण भएका छन् ।

नयाँ संक्रमितको जिल्लागत विवरण

धनुषा १९
सुर्खेत ११
कालीकोट ७
तनहुँ ६
काठमाडौं ५
चितवन ५
मोरङ २
बागलुङ २
लमजुङ २
पर्वत २
रुकुम पश्चिम २
डडेलधुरा २
कैलाली २
झापा १
सर्लाही १
सिन्धुपाल्चोक १
ललितपुर १
सोलुखुम्बु १
मकवापनुर १
सिन्धुली १
नवलपरासी पूर्व १
स्याङ्जा १
गोरखा १
गुल्मी १
पाल्पा १
दैलेख १
बझाङ १
दार्चुला १
(कान्तिपुर अनलाइनबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*