बालकहरुकाे तुलनामा तेब्बर भन्दा बढि बालिकाहरु हराउँछन्

छहारी संवाददाता
असार २८, २०७७

चालु आर्थिक बर्षमा मकवानपुरमा वालकहरुकाे तुलनामा तेब्बर भन्दा बढि बालिकाहरु हराउने गरेकाे तथ्यांकले देखाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयकाे तथ्याङ्कअनुसार जिल्लाका ८९ जना बालबालिका मध्ये हराउनेमा २१ जना बालक रहेका छन भने ६८ जना बालीका रहेका छन् । हराएका बालबालिकाहरु मध्ये एक जना बालक र ३ जना बालीका गरि ४ जना बालबालीका अझै बेपत्ता रहेका छन ।

चालु आर्थिक बर्षको जेठ मसान्त सम्म मकवानपुरमा दुइ सय ५७ जना महिला तथा बालबालीका हराएको उजुरी परेसंगै उक्त तथ्यांक देखापरेकाे हाे ।

त्यस्तै प्रहरी कार्यालय मकवानपुरको तथ्याङक अनुसार चालु आर्थिक बर्षमा एक सय ६८ महिला हराएका उजुरि दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी निरिक्षक राजकुमार सापकोटाका अनुसार एक सय ६८ जना महिला हराएका मध्ये अझै १० जना महिला बेपत्ता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*