आर्थिक शुद्विकरण आजकाे आवश्यकता

अर्थविदहरुले लगाएका पुराना चस्मालाई अलि सफा गरी पुछ्न जरुरी
छहारी संवाददाता
२८ असार २०७७, आईतवार १६:५६

 

लेखक अरुणराज सुमार्गी

नेपालमा भएको आयातको आधारमा नेपालबाट सबैभन्दा धेरै रेमिटान्स भारतले लैजान्छ । भारतकै सुचना र रेर्कड अनुसार नेपाल भारतको लागि रेमिटान्स दिने देशको सुचीमा आठै स्थानमा छ । त्यत्रो ठुलो देशको लागि नेपालबाट आठाैं स्थानमा छ । त्यत्रो ठुलो देशको लागि नेपालबाट आठै स्थानको रेमिटान्स पढाउने देश कसरी बन्न पुग्यो यो आजको बहसको कुरा हो ।

 

हामी राजनितिक मुद्धाहरुलाई अनावश्यक बनाइ रहने र त्यसको बदलामा भारतिय सुचना सञ्चार प्रवाह गर्ने माध्यमलाइ बन्द गर्ने भनी रहँदा हाम्रो ध्यान कतातिर छ ? एकपल्ट हामीले सोच्नुपर्ने अवस्था आएको छ । काेरोनाको कहरले गर्दा घर फर्केर भारतिय मजदुरलाई रोकेर नेपाल फर्की रहेको बेरोजगार युवाहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने तर्फ हाम्रो ध्यान जानु जरुरी छ । यसको लागि गृहकार्य गनृुपर्ने टड्कारो देखिएपछि हाम्रो देशमा निर्माण क्षेत्रमा पाँच लाख दक्ष र अदक्ष मजदुरहरुले भारत तर्फको कार्य गरी रहेको नेपाल निर्माण व्यवसायीहरु बताउँछन् ।

 

हाम्रो नेपालीहरु पनि मध्यपूर्वमा धेरै जसो निर्माण व्यवसायीहरुसँग कार्य गर्नुपर्छ भनेर नेपालको उद्योगी व्यवसाय निर्माण कम्पनीहरुसँग नितिगत योजनामा जुटेको देखिरहेको छैन ।निर्माण क्षेत्र मात्र होइन हाम्रो तराईसँग जोडिएको औद्योगिक प्रतिष्ठानहरुमा पनि भारतियहरुको बाक्लो उपस्थिति छ । एउटा खास कुरो के हो भने हामीले हाम्रो कामदार लाई विश्वासमा लिन नसक्नु र हाम्रो कामदारको हामी प्रति विश्वास गर्न नसक्नु भनेको राजनितिक भागवण्डाको कारणले पनि हो ।

 

समय परिवर्तित भैसक्यो अब हामीले मजदुर र उद्योगमा राजनिति होइन अनुशासन र अनुगमन निति लिनु जरुरी छ । यसो गर्न सके होइन यसो गर्न हामी तयार छौ भन्ने बेला आएको छ । यो वेला नेपाललाई ठुलो अवसर आएको छ । एकपल्ट हामीले हामीलाई समुन्नत र आर्थिक सरलीकरण गर्ने वेला पाएका छौँ । यही वेला हो नेपालले परिचालन गरी ठुलो लाभ लिन सकिने कुरामा दुइ मत छैन । सन २०१७ मा अमेरीकाको बासीङ्गटनमा रहेको पियु रिसर्च ले गरेको अध्ययनमा भनिएको छ ।

 

नेपालबाट विभिन्न मुलुकले तीन अर्व बाइस करोड साठ्ठी लाख अमेरीकी डलर रेमिटेन्सको रुपमा बाहिर लैजाने गरेको प्रस्तुत गरेको पाईन्छ यस्को मतलब त्यो बर्ष हाम्रो देश बाट बाहिरीने र हाम्रो देशले बाहिरबाट प्राप्त गर्ने रेमिटान्सको प्रतिशत हेर्ने हो भने कुल नेपाल आयको रेमिटान्सको चौवालिस प्रतिशत त बाहिर नै जाने देखिन्छ । सरसर्ती हेर्दा दक्षिण एसियाली राष्ट्रले बढी रेमिटान्स लगेको पाइन्छ । त्यसमध्ये चीन पनि बढी रेमिटान्स लाने देशको रुपमा पाइन्छ ।

 

यो अध्ययनले भारत, चिन, भुटान, पाकिस्तान, श्रीलका र बगंलादेशले पनि हाम्रो देशको सुचि रेमिटान्स प्राप्त गर्ने गन्तव्यको रुपमा प्रस्तुत गरेको पाइन्छ । त्यसो त नेपालबाट बाहिरीने रेमिटान्सको ९३.४९ प्रतिशत भने भारत नै जाने गरेको देखिन्छ । यसै सन्दर्भमा भारतबाट नेपालमा आउने भन्दा जानेको आयतन बढी नै छ । हामीले एकपल्ट परम्परावादी सोचबाट बाहिर निस्कन पर्ने देखिन्छ ।

 

हामीले नयाँ अकंगणित पढ्न पर्ने अवस्था आएको छ । यहाँका अर्थविदहरुले लगाएका पुराना चस्मालाई अलि सफा गरी पुछ्न जरुरी छ । हिजो प्रयोग गरिएका सम्बन्धका अक्षरहरुलाइ बदल्न जरुरी छ । भारतले हामीलाई रोटीवेटीको सम्बन्ध भन्दा गर्व गरिरहेको पाइन्छ । के हाम्रो श्रम रोटीसगँ साटेको भन्न खोजेको हो वा वेटीसँग ? यस्तो परम्परावादी भावनात्मक कुरामा हाम्रो अर्थतन्त्र समलिएको छ नयाँ सोच नया परिवेश र कोरोनाको कारण घर गएकाहरुलाई हामीले मितक र कुटिल तरिकाले व्यवस्थापन गर्न सके देशको अर्थतन्त्र छिटै पुरानो लयमा फर्काउन सक्ने अवस्था श्रृजना गर्न सकिन्छ ।

 

कोभिड १९ माहामारी को कारणले रोजगारी गुमाएको तथा कार्य अवधिका भिसा सकिएकाहरु अन्तराष्टिय उडानहरु खुलेपछि करिब २ लाख ८० हजार तुरुन्तै नेपाल आउने अवस्थामा छन् । यता यो महामारीमा पनि हामी श्रम स्विकृति दिएर विदेश पठाउन आवेदन खुल्ला गरिसकेका छौ । हिजो नेपालबाट अदक्ष कामदारका रुपमा गएका नेपालका श्रमिकहरु कोहि पूर्ण दक्ष कोहि अर्ध दक्ष बनिसकेको अवस्थामा फर्कदै छन्। एकपल्ट हामी भाषण होइन प्रयोग गरेर हेरौ । विभिन्न कालखण्डको अर्थव्यवस्थालाई हामीले विभिन्न दातृ निकाय र देशबाट सहयोग लिएर देश चलाएको अवस्थाबाट हामी आत्मनिर्भर र अर्थतन्त्रको खाेजीमा छौँ ।

 

देशका सानाठुला परियोजनाका लागि विदेशबाट आयतित मजदुर कामदारहरुको परम्परालाई हामीले कोभिड १९ को माहामारीका कारण रोक्न सक्ने अवस्था छ । यो एउटा देशको लागि सुन्दर सपना बोकेकाहरुले बुभ्ने कुरा हो । अब हामी सबैले सबै नेपालीलाई यो अवस्थाको जानकारी गराउदै नयाँ नेपालको लागि आर्थिक शुद्धिकरण तर्फ लाग्नुपर्ने समय हो । के यो सम्भव छ ? यो सम्भव छ र यो प्रभावकारी पनि हुन्छ ।

 

हाम्रो देशका युवाहरु शिप र अनुभवको साथ नेपाल फर्किरहेका छन् । नेपालमा विदेशबाट आउने र वायुमार्गबाट आउनेहरुको हकमा एउटै हो । हामीले (राज्य) ले ति विदेशबाट फर्केकाहरुलाई उनिहरुको अनुभव कार्य गरेको क्षेत्र नेपालमा बस्ने ठाउँ घरमा भएका सदस्य र विदेशमा बिताएका समय थप आफुसँग भएको सीप सम्बन्धि दस्तावेज बनाउने र उनिहरुलाई नेपाल आउने बितिक्कै फारम भर्न लगाउने त्यसबाट हाम्रा आवश्यकता र राज्यले ल्याएको विभिन्न रोजगारी मुलक योजना सगँ सजिलै जोड्न सकिन्छ ।

 

यस्को लागी हाम्रो श्रम मन्त्रालयले यो कार्यको थालनी गर्नुपर्दछ । हाम्रो देशमा हामीले यो वा उ जे भएपनि सिमित घेरालाइ मात्र अर्थतन्त्रसँग जोड्न खोजेर हो । हाम्रो अर्थतन्त्र सवल र सक्षम बनाउने उपाय भनेको हामी सँग भएको मानविय श्रोत र साधनलाई बजार र उत्पादन सँग जोड्नु हो । विश्वको अर्थतन्त्रहरु कसरी आज हाम्रो सामु उदयमान भएका छन् हामी भन्दा कम श्रोत साधन र विविधता नभएको राष्ट पनि आज सवल अर्थतन्त्रको साथ देशलाई विश्व बजारमा खडा गरेको देख्न पाइन्छ ।

हामी भने विश्वको श्रम बजारको उर्वर भुमी जुन देशमा युवाहरुको पर्याप्त सम्भावना भएको भन्ने विश्व बजारले अनुसन्धानमा देखाएपनि हाम्रो लागि निति बनाएर हाम्रो श्रम शक्तिलाइ अर्थमा बदल्न कस्ले रोकेको छ हामीलाई ? देशको परम्परावादी आदर्श हामीलाई हाम्रो प्रगती मार्ग भेट्न गारो भै रहेको छ ,एउटा कुरा हाम्रो देशमा जुनसुकै क्षेत्रको पनि पुरा डेटा ( तथ्याङक) हरु सहि र साँचो भने छैन ।

 

हाम्रो देशमा हामीले हाम्रो तथ्याङकहरुको लागि पूर्ण रुपमा लगानी गरेर आधिकारिकता दिन सकेको छैन । बैँक वितिय क्षेत्रको बारेमा नेपाल राष्ट बैंकले प्रस्तुत तथ्याङक र अर्थमन्त्रालय वा अन्य सरोकार वाला निकायले प्रस्तुत तथ्याङकहरु सहि नभएको हामीले बारम्बार देखेका छौ । त्यसै कारण हाम्रा देशका युवाहरु फर्कदा सही तथ्याङक लिनुपर्याे र त्यो तथ्याङकमा राज्यले एउटा श्रमीकको प्रतिबद्धता सहितको फारम भराउनु पर्यो त्यो प्रकारको फारम उसले अनलाइनबाट भर्न पाउने व्यवस्था पनि गर्नुपर्यो यसो हुँदा हामी निजी क्षेत्रले राज्यसँग त्यस्तो सुचना मागेर आफूलाई सुहाउदो श्रम छानेर योजनामा लगाउनु सहयोग पुग्ने पक्का कुरामा विमति हुदैन ।

 

देशको अर्थतन्त्र भनेको देशको श्रम शक्ति हो भन्ने कुरा कसरी पुष्टि हुन्छ । जब ह्राम्रो देशको श्रम शक्ति विश्व बजारमा काम गर्न जान्छन । उनिहरुले कमाएका धन हाम्रो देशमा आउछ र त्यो मुद्रा हाम्रो स्थानिय बजारमा विभिन्न रुपमा प्रवेश गर्छ यसको अर्थ त्यही युवा श्रम शक्ति आफ्नै अर्थबजारको लागि उत्पादनसँग जोडिन पुग्छ । त्यहाँ हाम्रो लागि थप व्ययभार मात्र हुन्छ । त्यसो गर्दा हाम्रो विदेशिने अर्थहरु सञ्चित हुन्छन । जस्तै वैदेशिक रोजगारीको लागि भिसा , श्रम स्विकृति , हवाइ टिकट र बाहिरको खाद्य पदार्थमा खर्च यदी त्यही श्रम शक्ति नेपालमा नै श्रम गरीरहदा यो खर्चहरु हाम्रो बच्ने र आफनो अर्थ बजारको आयतन बढ्ने कुरामा सुनिश्चितता थपिने हो ।

 

हामीले हाम्रो अर्थतन्त्र जोगाउन साना साना कदम चालेपनि बलियो अर्थतन्त्र बन्न सक्छ । विगत दस वर्षमा इजराइलको र कोरीयाको कृषी क्षेत्रमा अनुभव हासिल गरेका हाम्रा श्रम शक्त लाई हामीले प्रयोग गर्ने विधि ल्याउनु जरुरी छ । यसको लागि कोरीया र इजराइल बसेर आफनो वा त्यही कार्य गरीरहेकाहरु को नेपालमा आफना घर र जग्गा प्रायको छ । देशमा बोलाउन उनिहरुको घर जग्गा राज्यले आधार बनाइ जिरो प्रतिशत ब्याजमा नागरिक लगानी कोषको पैसा विधी बनाएर दिउ अनि हामी हाम्रो उत्पादन र कृषीमा आत्मनिर्भर तर्फ लम्कने पक्का छ । यो विषय लेख बाट मात्रै पुरा हुदैन । निजि क्षेत्रको नेपाल उद्योग वाणिज्य सघं मार्फत हामी देशमा अर्थतन्त्र बढाउन र सवल बनाउन हातेमालो गर्ने वाचा गर्दछौँ । नेपालको अर्थतन्त्रको आगामी ५ वर्ष भन्ने नारा को साथ साना मझौला र ठुला गरी तीन तहमा नीजी सहकारी र सरकारी हातमालो सुरु गरौ ।

​​​​​​​​​​ लेखक
अरुणराज सुमार्गी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*