एक महिनामा बाढि पहिराेबाट १९ जिल्लामा बढि क्षति

पहिराेवाट ८८ जनाकाे ज्यान गयाे ३२ वेपत्ता
छहारी संवाददाता
असार २८, २०७७

वर्षा सुरु भएपछिका एक महिनामा देशले बाढि पहिराेका कारण ठूलो जनधनको क्षति बेहोरिरहेको छ । प्राप्त विवरणअनुसार देशका विभिन्न १९ जिल्लामा बाढी र पहिरोबाट ८८ जनाले ज्यान गुमाएका छन् भने अझै ३२ जना बेपत्ता छन् ।

विस्थापितहरु समेत बढिरहेका छन् । बेपत्ताहरुको खोजी र राहत तथा पुनर्स्थापनाको काम जारी रहेको गृहमन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढि मानविय क्षति हुने जिल्लाहरुमा म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ र गुल्मी रहेका छन ।

बाढि पहिराेबाट मानवीय क्षति बेहोर्ने अन्य जिल्लामा झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।


सबैभन्दा बढी म्याग्दीमा पहिरोमा परेर २७ जनाले ज्यान गुमाएका छन् भने सिन्धुपाल्चोकमा २० जना हराइरहेका छन् । तराईका विभिन्न जिल्ला भने डुबान र कटानको समस्याबाट प्रभावित भएका छन् । मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङमा जंगलमाथिबाट भेलपहिरो खसेर अकल्पनीय रुपमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाएका थिए ।

असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा चार जनाले ज्यान गुमाए । बझाङमा असार २० गते पहिरो खस्दा सात जनाले ज्यान गुमाएका छन् भने एकजना बेपत्ता रहेको छन् । बझाङ र पर्वतको पहिराले कहालिलाग्दो क्षति पुर्‍याएको छ । त्यसपछि बिहीबार र शुक्रबार मुलुकका विभिन्न स्थानमा पहिरो खस्दा धेरै जनधनको क्षति भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*