म्याग्दीको पहिरोमा परी बेपत्ता भएकामध्ये २७ जनाको शव फेला

छहारी संवाददाता
असार २८, २०७७

 

निरन्तर बर्षाकाे कारण हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएकामध्ये २७ जनाको शव  फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका सूचना अधिकृत इन्स्पेक्टर डाक्टरप्रसाद चौधरीले दिएको जानकारी अनुसार रघुगङ्गा गाउँपालिका–६, पाखापानीको ठाडाखानीमा खोलाले बगाएका नलिमान छन्त्यालको शव शुक्रबार फेला परेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

त्यसैगरी, धौलागिरी गाउँपालिका–६, मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र जनिमा केसीको छोरा प्रकाश केसी, हिरामति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दीप्ति जुग्जाली, दिवान जुग्जालीको शव फेला परेको छ ।

त्यस्तै मालिका गाउँपालिका–७, बिममा पहिरोमा परी बेपत्ता भएकामध्ये ४० वर्षीया विष्णु पौडेल, चार वर्षीय इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, वीरबहादुरका तीन महिनाका छोरा, विष्णु नेपाली र सन्दीप नेपालीको शव फेला परेको छ ।



यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*