उत्तर काेरियाले दियाे बेलायतसँग बदला लिने चेतावनी

छहारी संवाददाता
२७ असार २०७७, शनिबार २१:१०

बेलायतले हामीमाथि लगाएको आर्थिक प्रतिबन्धको कडा शब्दमा निन्दा गर्छौं भन्दै उत्तर काेरियाले बेलायतसँग बदला लिने चेतावनी दिएकाे छ ।

बेलायतले उत्तर कोरियामाथि केही दिनअघि पहिलाे पटक लगाएको थियाे साेहि विषयलाई लिएर आर्थिक प्रतिबन्धको बदला लिने चेतावनी दिएको हाे ।

आधिकारिक कोरियन केन्द्रीय समाचार एजेन्सीका अनुसार उत्तर कोरियाका विदेश प्रवक्ताले बेलायतले परिस्थितिलाई उत्तेजित बनाएको आरोप लगाएका छन् ।

‘बेलायतको पछिल्लो कदमले अमेरिका जस्तै बेलायत पनि कूटनीतिक षड्यन्त्रको शिकार भएको प्रष्ट भएको उनिहरुले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*