झरना साहित्यिक परिवारकाे अन्तर प्रदेश कवि गाेष्ठि सम्पन्न
झरना साहित्यिक परिवार मकवानपुरको २५४ औ साहित्य शृङ्खला अन्तर प्रदेशकवि गाेष्ठि सम्पन्न भएकाे छ ।
आज शनिबार भर्चुअल माध्यमबाट अन्तर प्रदेश कवि गोष्ठीको रुपमा सम्पन्न भएको हाे । तीन चरणमा रचना बाचन कविहरुले प्रदेश १ बाट रमेश शुभेच्छु, प्रदेश २ बाट सञ्जय शाह ʽमित्र ’, बागमति प्रदेशबाट रचना मोक्तान ʽयात्री’, गण्डकी प्रदेशबाट मिलन समिर, प्रदेश ५ बाट सरस्वति कुसुम्या तथा सुदुरपश्चिम प्रदेशबाट मिन थापा सहभागी रहनु भएको थियो ।
झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै सर्जक सञ्जाल मकवानपुरका संयोजक तथा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलले यस्ता कार्यक्रमले नेपाली साहित्यमा अझै टेवा पुग्ने बताउनु भयो । कार्यक्रममा थारु, बज्जिका तथा तामाङ भाषाका कविता पनि बाचन गरिएका थिए ।
आज बाचित रचनाको समेत उहाले समिक्षा प्रस्तुत गर्नु भएको थियो । यसै गरी संस्थाका सल्लाहकार रमेशमोहन अधिकारीले यस्तो कार्यक्रम भएकोमा खुसी लागेको बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गरीरहन सुझाव दिनु भएको थियो ।
यसैगरी कार्यक्रममा मातृभूमि साहित्य समाजका अध्यक्ष माधब पोखरेल, आचँल कलापुञ्जका कार्यबाहक अध्यक्ष अनिता न्यौपाने, प्रलेस मकवानपुरका अध्यक्ष शान्ति प्रिय बन्दना, कवि तथा समाजसेबी अर्पण पराजुलीले शुभकामना मन्तप्य राख्नु भएको थियो ।
कार्यक्रममा बिश्वनाथ सञ्जेल, किशुन दयाल यादब, महेश जिज्ञासु, बिधान स्पर्श चिरञ्जीवि लामीछाने, सन्तराम राई लगायतकाको सहभागिता रहेको थियो ।