सप्तकाेशि व्यारेजमा ३६ ढाेका खाेलियाे

छहारी संवाददाता
असार २६, २०७७

सप्तकोसी नदीमा पानीको बहाब उच्च भएपछि ३६ वटा ढोका खोलिएको छ।

५६ वटा ढाेका रहेकाे कोशी ब्यारेजमा २ लाख ६० हजार क्यूेक पानीको बहाब मापन गरिएको र याे बहाब वर्षकै सबैभन्दा उच्च रहेकाे काेशि व्यारेज कन्ट्राेल रुमले जनाएकाे छ ।

पहाडी क्षेत्रमा लगातार वर्षा भएपछि स्थानीय प्रशासनले त्यस क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*