कोरोना अपडेटः नेपालमा थप २५५ जनामा सङ्क्रमण पुष्टि

कुल संक्रमतिको सङ्ख्या १६,४२३ पुग्यो
छहारी संवाददाता
असार २४, २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप २५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो वृद्धिसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,४२३ पुगेको छ। तीमध्ये ७,७५२ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २५३ जना भाइरसमुक्त गएर घर फर्किएका छन्। अहिले देशभरि आइसोलेशनमा ८,६३६ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। सोमवार विगत पाँच हप्तामा सबैभन्दा कम १८० सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ। बुधवार पुष्टि भएका सङ्क्रमित काठमाण्डू उपत्यकासहित विभिन्न जिल्लाका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*