नेपाल प्रहरीको २८ अ‌ाैँ आईजीपीमा शैलेश थापा क्षेत्री

छहारी संवाददाता
असार २३, २०७७

नेपाल प्रहरीको २८ अ‌ाैँ आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् ।

गृहमन्त्रालयले जेष्ठता, कार्यक्षमता, र कार्यसम्पादन समेतको मुल्यांकनका आधारमा आईजीपीको बढुवा गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो ।

मन्त्रालयको सिफारिसअनुसार अाज मंगलबार बसेको मन्त्रिपरिषको बैठकले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।

थापा २०६७ मा एआईजीमा बढुवा भएका थिए । २२ महिनाको प्रहरी संगठनको नेतृत्व सम्हालेका थापा २०४९ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका व्यक्ति हुन् ।


 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*