शिक्षक प्रदिप तिमल्सिनाको हत्या गरी फरार बैठा ११ वर्ष पछि प्रहरीको फन्दामा
कलैया नगरपालिका वडा नम्बर १० का शिक्षक प्रदिप कुमार तिमल्सिनाको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ ।
तत्कालीन फेंटा गाविस स्थित नेरामाविमा अध्यापन गर्ने शिक्षक तिमल्सिनाको हत्या गरी फरार रहेका साबिक बारा फेंटा गाविस ५ हाल कलैया उपमनपा १८ बस्ने ४४ वर्षका तिलक भनिने नन्दु बैठालाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको हो । विध्यालयबाट अध्यापन सकेर घर फर्किरहेको अवस्थामा बैठाले तिमल्सिनाको टाउकोमा गोली प्रहार गरि हत्या गरेका थिए ।
बैठा केही समय देखि आफ्नो घर गाउँ मै लुकिछिपी बसिरहेको भन्ने बिशेष सुराकीका आधारमा उनलाई पक्राउ गर्न सफल भएको बाराका प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक गौतम मीश्रले जानकारी दिनुभयो । शिक्षक तिमिल्सिनाको २०६६ वैशाख १७ हत्या भएको थियो । तिमल्सिनाका एक छोरा एक छोरी र श्रीमती छन् ।







