प्युठानमा टिप्पर दुर्घटना, २ जनाको ज्यान गयो ।

छहारी संवाददाता
असार २०, २०७७

प्युठानमा टिप्पर दुर्घटनामा हुँदा दुई जनाको ज्यान गएको छ ।

चुनढुङ्गा बोकेको ना ७ ख ८९३८ नम्बरको टिप्पर प्युठानको सरुमारानी गाउँपालिका–६ मोतिपुरमा दुर्घटना हुँदा टिप्पर चालक र सहचालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

टिप्पर चालक प्युठानको नौबहिनी गाउँपालिका–६ पिपलटारीका ३० वर्षका रोशन थापा र सहचालक २७ वर्षका झगबहादुर पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।

टिप्पर माडी खोलामा खसेको छ । उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*