कोरोना संक्रमण: नेपालमा एकै दिन ७४० जना संक्रमित, मृतकको संख्या ३२ पुग्यो

नेपालमा विगत २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। यससँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५,२५९ पुगेको छ।
तीमध्ये ६,१४३ जना निको भएका र ३२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८२३ सङ्क्रमित भाइरसमुक्त भएर घर फर्किएका छन् भने असार १७ मा मृत्यु भएका एक व्यक्तिमा पनि कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।