सलहले देशभर झण्डै एघार सय हेक्टर कृषि बालीमा क्षति

छहारी संवाददाता
असार १९, २०७७

सलहले देशभर १ हजार ६३ हेक्टरको खेतीबालीमा क्षति पुर्‍याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै कृषि सचिव राजेन्द्रप्रसाद भारीले मकवानपुर, दाङ, प्युठान र अर्घाखाँचीमा सलहले बढी क्षति पुर्‍याएको जानकारी दिए, अनलाइन खबरले लेखेको छ ।

सलहले दाङमा ५८० हेक्टर, प्युठानमा २८३ हेक्टर, मकवानपुरमा १ सय हेक्टर र अर्घाखाँचीमा १ सय हेक्टर कृषिबालीमा क्षति पुगेको उनले बताए । सलहले मकै र तरकारीमा बढी क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*