एसईईको अंक पठाउँदा तीन वर्षको परीक्षाफल हेर्न निजी विद्यालयलाई निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रमाणीकरण गरी प्रकाशित नगरुन्जेल अपनाउनुपर्ने गोपनीयता कायम गर्नुपर्ने निर्देशन
छहारी संवाददाता
असार १७, २०७७

निजी विद्यालयका प्रतिनिधिमूलक संस्थाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्यांकन गर्दा विगत तीन वर्षको एसईईको परीक्षाफल समेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) ले बुधबार संयुक्त रुपमा आफ्ना सदस्य विद्यालयहरूलाई यस्तो आग्रह गरेका हुन् ।

प्याब्सनका महासचिव कुमार घिमिरे र एनप्याब्सनका महासचिव सुवास न्यौपानेद्वारा जारी विज्ञप्तिमा नतिजाको सम्बन्धमा अनावश्यक प्रचारप्रसार नगर्न समेत निर्देशन दिइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रमाणीकरण गरी प्रकाशित नगरुन्जेल अपनाउनुपर्ने गोपनीयता कायम गर्नुपर्ने निर्देशन छ । ‘विद्यार्थीहरूको आन्तरिक मूल्यांकन गर्दा स्वतन्त्र र निष्पक्षताको सिद्धान्त अपनाई विद्यार्थीहरूको सही मूल्यांकन गर्ने र विद्यालयले गरेको मूल्यांकन प्रमाणित आधारहरू अभिलेख राख्ने’ विज्ञप्तिमा भनिएको छ,अनलाइन खबरमा समाचार छ ।

कोभिड–१९ का कारण सरकारले यो वर्ष एसईई नगर्ने भएपछि आन्तरिक मूल्यांकनका आधार नतिजा सार्वजनिक गर्न लागिएको हो । २०७६ चैत ६ गतेका लागि निर्धारत एसईई ५ चैत साँझ स्थगन भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा ३० असारसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्‍याउन निर्देशन दिएको छ । विद्यालयहरूले भने असार २० गते भित्रै शिक्षा विकास तथा समन्वय इकाईमा नतिजा पठाइ सक्नुपर्नेछ ।

विद्यार्थीहरूलाई मूल्यांकन समितिले तयार पारेको नतिजाको आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र प्रदान गर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*