लकडाउन साउन ७ गतेसम्म थप

छहारी संवाददाता
असार १६, २०७७

सरकारले अहिले कायम लकडाउनलाई साउन ७ गतेसम्म थप्ने निर्णय गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश, जिल्ला र पालिकाले भने केन्द्रसँगको समन्वयमा ठाउँअनुसार लकडाउन कडा र खुकुलो बनाउन सक्नेछन् ।  सरकारको यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक गाडी चल्ने छैनन् भने  निजी गाडी अहिलेजस्तै जोर बिजोर प्रणालीमा चल्नेछन् । शिक्षण संस्था पनि बन्द हुनेछन् । अनुमतिप्राप्त बाहेक अरु जहाज चल्ने छैनन् ।

यस्तै काठमाण्डौ उपत्यका भित्रन सिफारिस अनिवार्य चाहिने भएको छ,उज्यालाृ अनलाईनले लेखेको छ । । अनिवार्य होम क्वरेन्टीइनमा बस्ने प्रतिवद्धतासहित पालिकाबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने सरकारको निर्णय छ ।

असार १ गतेदेखि लकडाउन खुकुलो भएको थियो । त्यसैअनुसार अहिले  स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबै प्रकारका ढुवानी र पुस्तक पसललगायतका सेवा खुला भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*