हेटाैंडामा नमुना हाेमस्टे उद्घाटन

छहारी संवाददाता
जेष्ठ २३, २०७७

हेटाैडा उपमहानगरपालिकाकाे १४ नं वडामा नमुना हाेमस्टे उद्घाटन भएकाे छ ।

महिला सशक्तिकरण तथा गरिवि निवारण समूह नेपालकाे अायाेजना तथा हेटौंडा उपमहानगरपालिका र युएनडिपिकाे Leaving No One Behind through Entrepreneurs Development program अन्तगर्तकाे आर्थिक सहयोगमा अाज १० अाेटा नमुना हाेमस्टे उद्घाटन भएकाे समूह नेपालकि अध्यक्ष ईन्दिरा न्याैपानेले बताउनुभयाे ।

वागमति प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आथित्यता र माननीय जुनेली श्रेष्ठकाे बिशेष उपस्थितिमा उद्घाटन गरिएकाे उक्त नमुना हाेमस्टेले पर्यटकिय तथा संस्कृति जगेर्नामा विशेष महत्व राख्ने बताईएकाे छ ।

हेटाैडा उपमहानगरपालिकाकि उपप्रमुख मिना लामाको अध्यक्षतामा भएकाे कार्यक्रममा १४ नं वडाध्यक्ष लगायतकाकाे उपस्थिति रहेकाे थियाे । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*