कोरोना अपडेटः नेपालमा ३२ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या ५४८ पुग्यो

छहारी संवाददाता
जेष्ठ १०, २०७७

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित थप ३२ जनाको पहिचान भएको छ। तीमध्ये अधिकांश युवा छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहान दिएको जानकारी अनुसार कपिलवस्तुका आठजना, सर्लाहीका १३ जना तथा बारा र काठमाण्ठूका एक-एकजना सङ्क्रमितको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डूमा गरिएको परीक्षणबाट भएको हो।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका आठजना र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणबाट त्यहीँका एकजनाको पहिचान भएको हो।

सङ्क्रमित अधिकांश १७ वर्षदेखि ४० वर्षसम्मका छन्। त्यससँगै नेपालमा जम्मा सङ्क्रमितको सङ्ख्या ५४८ पुगेको छ। थपिएका सङ्क्रमितहरू मध्ये दुईजना महिला रहेको मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*