कोरोना अपडेट: नेपालमा शुक्रबार ५० संक्रमित थपिए, कुल संक्रमित ५०७ पुग्यो

छहारी संवाददाता
जेष्ठ ९, २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस पुष्टि हुने व्यक्तिको सङ्ख्या ५०७ पुगेको जनाएको छ।

शुक्रवार अपराह्ण मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणबाट थप २० व्यक्तिमा कोभिड-१९ देखिएको बताए।

यसअघि शुक्रवार बिहान मन्त्रालयले ३० जनामा कोभिड-१९ पुष्टि भएको बताएको थियो, बिबिसिले लेखेको छ ।

उनका अनुसार बाँकेमा २१ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन्। अब निको हुनेको सङ्ख्या ७० पुगेको छ।विगत २४ घण्टामा देशभरि ३,८१९ वटा परीक्षण गरिएको उनले बताए।

अहिलेसम्म सबै प्रदेश र ४० वटा जिल्लामा कोभिड-१९ भेटिएको छ। सर्वाधिक सङ्क्रमित प्रदेश नं ५ र २ मा छन्।डा. देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ४२,४८८ वटा परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार अहिले देशभरि २७,८२९ जना क्वारन्टीनमा र सङ्क्रमित तथा सम्भावित सङ्क्रमितसहित ४३३ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।

प्रदेश नं ५ मा अहिले १५,९९९ जना क्वारन्टीनमा छन्। त्यसैगरी प्रदेश नं २ मा ५,९०६ जना र सुदूरपश्चिम प्रदेशमा २,६२९ जना छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*