कोरोना अपडेटः नेपालमा थप ३० जनामा संक्रमण पुष्टि, सङ्क्रमितको संख्या ४८७ पुग्यो

छहारी संवाददाता
जेष्ठ ९, २०७७

नेपालमा थप ३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। शुक्रवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार काठमाण्डू र चितवनमा गरिएको परीक्षणमा नयाँ सङ्क्रमण पुष्टि भएको हो।

अब पुष्टि भएका सङ्क्रमितको सङ्ख्या ४८७ पुगेको छ। अहिले कोभिड-१९ पुष्टि भएका व्यक्तिहरू नवलपरासी पूर्व, चितवन, सर्लाही र कपिलवस्तुका भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। स्रोतः बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*