कोरोना अपडेटः विश्वमा साढे २० लाख भन्दा धेरै संक्रमित निको भए

छहारी संवाददाता
जेष्ठ ९, २०७७

विश्वमा साढे २० लाख भन्दा धेरै मानिस कोरोना सङ्क्रमणबाट निको भएका छन् । ५१ लाख ८८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा २० लाख ७८ हजार ४ सय ९४ जना निको भएका वल्डओमिटरले जनाएको छ ।

उपचार गराइरहेका २७ लाख ७६ हजारभन्दा धेरैमध्ये दुई प्रतिशत अर्थात साढे ४५ हजार जनाको अवस्था जटिल र बाँकी २७ लाख भन्दा धेरैको अवस्था सामान्य छ, उज्यालो अनलाइमा समाचार छ । ३ लाख ३४ हजार जनाको भने ज्यान गएको छ ।

गएको २४ घण्टामा विश्वभर ४ हजार ८ सय १९ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा १३ सय जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९६ हजार नाघेको छ ।

अहिलेसम्म अमेरिकामा मात्रै १६ लाख १९ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ । त्यहाँ ३ लाख ८२ हजार कोरोनाका विरामी निको भएका छन् ।

यस्तै भारतमा कोरोेनाका नयाँ विरामी र ज्यान गुमाउनेको दर बढ्दै गएको छ । गएको २४ घण्टामा मात्रै भारतमा ६ हजारभन्दा धेरै नयाँ विरामी थपिएका छन् भने र १ सय ५० जनाको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ ।

यससँगै भारतमा कोरोना सङ्क्रमितको संख्या १ लाख १८ हजार नाघेको छ । अहिलेसम्म ३ हजार ५ सय ८४ जनाकोे ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*