कोरोना अपडेटः नेपालमा बिहिबार २५ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको सङ्ख्या ४५३ पुग्यो

नेपालमा बिहीवार अपराह्णसम्म थप २५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
दिउँसो पुष्टि भएका नौ जना र बिहान पुष्टि भएका १७ जनासहित नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अपराह्ण रूपन्देहीमा एक र झापामा आठ सङ्क्रमित फेला परेको पुष्टि गरेका हुन्। उनीहरू सबै पुरुष हुन्, बीबीसीले लेखेको छ।
सङ्क्रमितमध्ये तीन जनाको मृत्यु भएको छ भने ४९ जना निको भएर अस्पतालबाट बिदा भएका छन्। तीमध्ये दुई पुरुष र दुई महिला बिहीवार टेकु अस्पतालबाट बिदा भएको उनले जानकारी दिए। डा. देवकोटाले बुटवलको अस्पतालमा भएको मृत्युको पनि पुष्टि गरेका छन्।







