कोरोना जाँचको शुल्क तोकिएको छैनः सरकार 

छहारी संवाददाता
जेष्ठ ८, २०७७

सरकारले कोरोना जाँचको शुल्क नतोकिएको बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निजी अस्पतालले कोरोना परीक्षण गर्ने बारेमा अनावश्यक टिकाटिप्पणी भएको भन्दै शुल्क निर्धारण नगरिएको स्पष्ट पार्नुभयो ।

यसैबीच कन्ट्याक ट्रेसिङमा गएका इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका एक चिकित्सकलाई कोरोना संक्रमण भएपछि स्वास्थ्य सेवा विभागले कोरोना नियन्त्रणको नियमित काममा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कोभिड–१९ जाँच गर्ने भएको छ, सीआईएनले लेखेको छ ।

स्वास्थ्यसेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार ती कर्मचारीलाई क्वारेण्टाइनमा राखिनेछ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*