कालापानी, लिपुलेक र लिम्पियाधुरा भएको नयाँ नेपाली नक्सालाई स्वीकार गरिनेछैन: भारत

छहारी संवाददाता
जेष्ठ ८, २०७७

भारतले नेपालको नयाँ राजनीतिक नक्सा नस्वीकार्ने बताएको छ। नेपालले सीमासम्बन्धी विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै त्यस्तो प्रतिक्रिया जनाएको हो।

बुधवार नेपालले सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र समेटेर जारी गरेको नक्साबारे भारतको विदेश मन्त्रालयले बुधवार साँझ आफ्नो औपचारिक प्रतिक्रिया जनाएको हो। विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ती क्षेत्रहरू भारतीय भूभाग भएको दाबी गरेका छन्।

"नेपाल सरकारले आज नेपालको परिमार्जित नक्सा सार्वजनिक गरेको छ, जसमा भारतीय भूभागहरू पनि परेका छन्," भारतका विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, "यो एकतर्फी कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन।" स्रोतः बीबीसी । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*